IME Life
GBIME

शेयर बजारमा ३६ अंकको बृद्धि हुँदा सबै उपसमुह हरियाली

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो घटेबो बजारमा आज भने हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक ३६ दशमलव ८६ अंकले बढेर १,९८५ दशलमव ४४ को विन्दुमा कायम भएको छ । आज २१४ कम्पनीको शेयर मुल्य बढेको छ भने २४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबै उपसूचक बढेका छन् । आज २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोडमाथिको शेयर कारोबार भउको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS