IME Life
Beema Board

के तपाईलाई थोरै पैसामा धेरै ठूलो रकमको जीवन बीमा चाहिएको छ ?

SPIL
NIC ASIA
Sanima Reliance

एडभर्टोरियल

बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांक अनुसार करिब ६०% भन्दा बढी नेपाली जनता जीवन बीमाको दायरा भन्दा बाहिर छन्। नेपाली जीवन बीमामा औषत रुपमा वार्षिक करिब रु ६ लाख देखि ६ लाख ५० हजार सम्मको कुल बीमांक रकम भएको जीवन बीमा रोजाईमा पर्ने गरेको छ। आजको महँगी अनि असन्तुलित अर्थतन्त्रको अवस्थामा यति मात्र रकमले भविष्यमा आईपरेको बेला कति नै टेको दिन सक्ला र ? बीमितले आफ्नो भावी जिम्मेवारी अनुसारको बीमा नगर्दा भविष्यमा आईपर्न सक्ने आर्थिक जोखिमको भार बहन गर्न नसक्ने भएकाले समयमै चनाखो हुनु जरुरी छ। समय छँदै नै सही निर्णय नलिए आफू लगायत सम्पूर्ण  परिवार नै आर्थिक सकंटको चपेटामा पर्न जाने सम्भावना पनि धेरै हुन्छ। वार्षिक करिब रु  ६ लाख देखि ६ लाख ५० हजार सम्मको बीमांक रकमको जीवन बीमाका लागि वर्षको रु ४० हजार  देखि ४५ हजारसम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्छ। तर परिवारको मूख्य व्यक्तिलाई नै केही भई हालेमा आफू अनि आफ्ना परिवारको आर्थिक सुरक्षाका लागि यति थोरै बीमा‌ंकले कति नै थेग्न सक्ला र ?

Prabhu
Crest
अभिभावकलाई आइपर्ने जिम्मेवारीहरु:
  • बच्चाहरुको शिक्षाको लागि
  • आफू र आफ्नो प्रियजनको सुखमय उज्ज्वल भविष्यको लागि
  • घातक रोगहरु विरुद्धको उपचार खर्चको लागि
  • भविष्यमा आईपर्न सक्ने आर्थिक जोखिमको जिम्मेवारीको लागि
  • आश्रित परिवारको आर्थिक सुरक्षाको लागि
  • आफ्नै बुढेशकालको बन्दोबस्तको लागि 

यीनै आवश्यकतालाई मध्य नजर गर्दै एउटै बीमाबाट यी सबै जिम्मेवारीहरु पुरा गर्न सहज बनाउनका लागि जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ़ले ‘सूर्यज्योति सही प्लान’ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ। ‘सूर्यज्योति सही प्लान’ ले वार्षिक रु ४० हजारदेखि ४५ हजार बीमाशुल्क (उमेर अनुसार बीमाशुल्क दर फरक पर्न सक्छ) मै रु २५ लाखसम्मको जीवन बीमा गर्न स‌ंभव बनाउँछ। यसले तपाईको जीवनमा आई पर्न सक्ने आर्थिक जोखिमको भार बहन गर्न राहत दिन सक्छ र तपाई अनि तपाईको परिवारको सुनौलो भविष्यका लागि भरपर्दो सहारा पनि भई दिन्छ।

‘सही  सोचौं  ,सही  रोजौं  ‘ भन्ने मूल नाराका साथ ल्याइएको यो योजनामा सूर्य ज्योति लाईफले आकर्षक र उत्कृष्ट सुविधाहरु पस्केकाले यो प्लान जाे सुकैको आवश्यक्ता पुरा गर्नका लागि एकदम फिट जीवन बीमा बन्दैछ।  ‘हरेक घर ,एक बीमा’ को रुपमा यो योजनाको पहुँच पुर्‍याउने लक्ष्य सूर्यज्योति लाईफको छ। पहिले नै जीवन बीमा गरि सकेका व्यक्तिहरुका लागि पनि ” सूर्यज्योतिको ‘सही प्लान’ अरु योजनाको तुलनामा एउटा एकदमै सही छनाैट हुनेछ। यो योजनाबाट निम्न लिखित फाइदाहरु छन् :

  • थोरै प्रिमियममा नै ठूलो बीमा लिन सक्ने
  • ७० वर्षको उमेर पुगे पश्चात तिरेको सम्पूर्ण रकम फिर्ता हुने
  • सीमित अवधि सम्म बीमाशुल्क भुक्तानी गरी दीर्घकालिन (आजीवन) रक्षावरण रही रहने
  • अन्य बचत किसिमको बीमा भन्दा लगभग ५ देखि ६ गुणासम्म आर्थिक सुरक्षा प्रदान गर्ने

यो बीमा योजनामा बीमितको उमेर ७० वर्षको उमेर पश्चात तिरेको सम्पूर्ण रकम फिर्ता पाइने भएकाले बुढेशकालमा आफूलाई नै सहारा हुनेछ। साथै आफ्नो परिवारलाई पनि आर्थिक समस्या आई परेको अवस्थामा त्यसको आर्थिक भार समाधान हुने भएकाले यदि तपाईले पहिले पनि कुनै जीवन बीमा गरि सक्नु भए पनि सही प्लान तपाईको  दोश्रो बीमाको रुपमा  खरिद गर्नु निकै नै बुद्धिमानी हुन जान्छ।

अन्य बीमा योजनामा बीमा अवधि पछि बीमितको रक्षावरण समाप्त हुन्छ । तर यो सहि प्लान बीमा योजनामा बीमाको किस्ताहरु भुक्तानी गरि सकेपछि पनि बीमितको जीवनभर (आजीवन)  रक्षावरण जारी नै रहन्छ। अर्थात् बीमाको किस्ता तिर्न बाँकी नभए पनि आफू बाँचुञ्जेलसम्म यसले जोखिम बहनको सहारा दिई रहन्छ।

सूर्यज्योति लाइफले समय सापेक्ष आफ्ना ग्राहकको  हितलाई ध्यानमा राखी नविनतम र परिस्कृत सेवा पस्किँदै आएको छ।   नेपालको जीवन बीमा क्षेत्रमा  सूर्यज्योति लाइफ इन्स्योरेन्सले पहिलो पटक ल्याएको  यो बीमा योजनामा अन्य जीवन बीमा कम्पनी भन्दा भिन्न र उत्कृष्ट  विशेषता भएकाले नै धेरैले रुचाई रहेका छन् ।

आफू बाचुञ्चेल आफूलाई र आफ्नो शेषपछि आफ्ना सन्ततिको उज्ज्वल भविष्यका लागि उपयोगी हुने भएकाले यो उत्कृष्ट बीमा योजना हो।

यो बीमा योजना अन्तर्गत ऐच्छिक तथा अतिरिक्त सुविधाहरु पनि छन्:

  • दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ लिन सकिने
  • दुर्घटनाबाट पूर्ण अशक्त भएमा बाँकी अवधिको बीमाशुल्कमा पुरै मिनाहा हुने
  • बीमाङ्कको आधारमा कम्तिमा १० वर्षसम्म मासिक अशक्त सुविधा पाइने प्रदान
  • सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा लिन सकिने
  • साथै आवश्यक परेको बेलामा सहुलियत दरमा कर्जा सुविधा लिन सकिने

सूर्यज्योति जीवन बीमा कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिँदै छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। नेपालको जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र कम्पनी हो । यस बाहेक आइ.एस.ओ ९००१ -२०१५ द्वारा विभूषित एकमात्र जीवन बीमा कम्पनी बन्न पनि सफल भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS