काठमाडौं । शेयर बजारमा उछाल आउँदा आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ६ वटा बीमा कम्पनी छन्।
आज बजार लगातार तेस्रो सर्किट लागेपछि १२ः०९ मिनेटमै शेयर कारोबार बन्द भएको छ। बजार आज ६ प्रतिशत अर्थात १११.२० प्रतिशतले बढेर १९६३.९८ को विन्दुमा बन्द भएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीको शेयरभाउ बढेको छ भने २ वटाको घटेको छ। एउटाको स्थिर रहेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये २४४ कम्पनीका १३ लाख ६७ हजार ६१५ कित्ता शेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँमा कारोबार भएको छ ।
आज माउन्टेन इनर्जीको उच्च कारोबार भएको दिन शीर्ष १० भित्र नेपाल इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, हिमालयन लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेस्ट इन्स्योरेन्स पर्न सफल भएका छन्।
यस्ता छन् उच्च कारोबार गर्ने १० कम्पनी