Connect IPS
IME Life

रु. १४.५० अर्ब आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, थप रु. ४ अर्ब उठाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको भने थप ४ अर्ब रुपैयाँ उठाउने भएको छ।

केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १४ अर्ब ५० करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। जसमा ९१ दिने अवधिमा ८ अर्ब ५० करोड रुपैयाँ र ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः फागुन २९ गते र २०८१ मंसिर २५ गते परिपक्व हुनेछन्।

Prabhu
Crest

यसैगरी राष्ट्र बैंकले १८२ दिने ४ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल जारी गर्नेछन्। यो २०८१ जेठ २९ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल मंसिर २६ गते जारी हुनेछ। यसको बोलकबोल भोलि मंसिर २५ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS