काठमाडौं । लक्ष्य क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा पुस २१ गते हुने भएको छ । सभा भोज ब्याक्वेट मिनभवन काठमाडौमा बिहान १० बजे शुरु हुने क्यापिटलले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।