काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले पुस १३ गते आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभाले सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आइपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सञ्चालक समितिको निर्वाचन समेत उक्त सभाले पारित गर्नेछ ।