काठमाडौं । शेयर बजारमा आज सामान्य सुधार आएको छ। नेप्से परिसूचक आज ३.३३ अंकले बढेर १८४१.०४ को विन्दु पुगेको छ। कारोबार पनि हिजोको तुलनामा घटेर १ अर्ब १४ करोड रुपैयाँमात्रै भएको छ।
सामान्य सुधार आएको बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० मा ४ वटा जीवन बीमा पर्न सफल भएको छ। आज रिलायबल नेपाल लाइफको सबैभन्दा धेरै कारोबार भएको छ भने सन नेपाल लाइफ, सिटजन लाइफ र आइएमई लाइफ पनि शीर्ष १० भित्र पर्न सफल भएका छन्।
यस्ता छन् आज उच्च कारोबार गर्ने १० कम्पनी
- रिलायबल नेपाल लाइफः ७ करोड ३४ लाख रुपैयाँ
- सन नेपाल लाइफः ७ करोड ३० लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ६ करोड १९ लाख रुपैयाँ
- सिटिजन लाइफः ५ करोड ७९ लाख रुपैयाँ
- आइएमई लाइफः ५ करोड ३७ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ३ करोड १२ लाख रुपैयाँ
- प्राइम कमर्सियल बैंकको संस्थापक शेयरः २ करोड ५९ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः २ करोड २५ लाख रुपैयाँ
- माछापुच्छ्रे बैंकः २ करोड १५ लाख रुपैयाँ
- अपी पावरः २ करोड ८ लाख रुपैयाँ