काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ।
झिनो गिरावट आएको बजारमा आज २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता शेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४.६९ रुपैयाँमा किनबेच भएका छन्।
आज उच्च कारोबार गर्ने शीर्ष १० मा ५ वटा बीमा कम्पनी छन्। यो दिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ७ करोड ४६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।
शीर्ष १० मा सिटिजन लाइफ, सानिमा जीआईसी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स पर्न सफल भएका छन्।
यस्ता छन् आज उच्च कारोबार गर्ने १० कम्पनी
- सोनापुर मिनरल्सः ७ करोड ४६ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ७ करोड ७ लाख रुपैयाँ
- सिटिजन लाइफः ५ करोड २५ लाख रुपैयाँ
- सानिमा जीआईसी इन्स्योरेन्सः ५ करोड १९ लाख रुपैयाँ
- शिवम सिमेन्टः ४ करोड ३९ लाख रुपैयाँ
- रिलायबल लाइफः ४ करोड २९ लाख रुपैयाँ
- सन नेपाल लाइफः ४ करोड २६ लाख रुपैयाँ
- हिमालयन लाइफः ३ करोड १५ लाख रुपैयाँ
- सोल्टी होटलः २ करोड ५३ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः २ करोड ३५ लाख रुपैयाँ