Connect IPS
IME Life

‘एनआईसी एशिया ग्रोथ फन्ड–२’मा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्कासन गरेको एनआईसी एशिया ग्रोथ फण्ड–२मा आवेदन दिने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ।

यो योजनाका इकाइहरु गत मंसिर ४ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनाको निष्कासन बन्द छिटोमा गत मंसिर ७ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, मागबमोजिम खरिद आवेदन नपरेका कारण यो योजनाको निष्कासन अवधि आज मंसिर १८ गतेसम्म बढाइएको थियो। यो योजनाका इकाइहरु खरिदका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Prabhu
Crest

क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरेको छ। निष्काशन गरिएको कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरिएको छ।

सीडीएससीका अनुसार हिजो आइतबार साँझ ५ बजेसम्म यो योजनामा ५५ हजार २९५ आवेदकबाट ८ करोड ४३ लाख ४७ हजार २१० इकाइ खरिदका लागि आवेदन परिसकेको छ।

यो योजनामा न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।सातवर्षे अवधिको यस योजनाका इकाइ खरिदका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो बन्दमुखी योजना हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS