Connect IPS
IME Life

राष्ट्र बैंकले ४५ अर्ब तान्न खोज्दा बैंकहरुबाट १.४१ खर्ब बढीको आवेदन, औसत ब्याजदर २% तल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो मंसिर महिनामा अहिलेसम्म ४ पटक निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकहरुबाट ४५ अर्ब रुपैयाँ तानिसकेको छ।

केन्द्रीय बैंकले गत मंसिर ६ गते, १२ गते, १४ गते र १७ गते गरी ४ पटक यो उपकरण प्रयोग गरी बैंकहरुबाट ४५ अर्ब रुपैयाँ तानेको हो। तर, राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ तान्दा बैंकहरुले भने कुल १ खर्ब ४१ अर्ब १७ करोड रुपैयाँ बढीको आवेदन पेस गरेका थिए।

Prabhu
Crest

राष्ट्र बैंकले मंसिर ६ गते १० अर्ब रुपैयाँ तानेको थियो। बोलकबोलमा बैंकहरुले भने १२ वटा बैंक तथा वित्तीय संस्थाबाट कुल ३७ अर्ब रुपैयाँको आवेदन पेस गरेका थिए। यसमा औसत ब्याजदर १.९६ प्रतिशत कायम भएको थियो। अर्थात् बैंकले करिब २ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकलाई दिन बाध्य भए।

यसैगरी निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर १४ गते १५ अर्ब रुपैयाँ खिचेको थियो। यी दुवै बेलाको बोलकबोलमा क्रमशः १३ वटा बैंक तथा वित्तीय संस्थाबाट ३९ अर्ब ६० करोड र १२ वटा बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब १० रुपैयाँको आवेदन पेस गरेका थिए। यी दुवैमा औसत ब्याजदर क्रमशः १.१४ प्रतिशत र १.०४ प्रतिशत कायम भएको थियो।

हिजो मंसिर १७ गते पनि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तानेको छ। तर, ९ वटा बैंक तथा वित्तीयले भने बोलकबोलमार्फत २५ अर्ब रुपैयाँको आवेदन पेस गरेका थिए। यसमा भने औसत ब्याजदर ०.९८ प्रतिशत कायम भएको थियो।
बैंकिङ प्रणालीमा तरलता थुप्रिए पनि बैंकहरुले सोचेजस्तो कर्जा प्रवाह गर्न नसक्दा सस्तैमा राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS