काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सामान्य अंकले घटेको छ। बजारमा आज १ अर्ब रुपैयाँ मुनिको कारोबार भएको छ।
नेप्से सूचक र कारोबार दुवै घट्दा उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा ३ वटा जीवन बीमा कम्पनी पर्न सफल भएका छन्। सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र हिमालयन लाइफ उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीभित्र पर्न सफल भएका हुन्।
आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ६ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
उच्च कारोबार भएका शीर्ष १० कम्पनी
- सोनापुर मिनरल्सः ६ करोड ९५ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः ३ करोड १५ लाख रुपैयाँ
- सिटिजन लाइफः २ करोड ७७ लाख रुपैयाँ
- युनाइटेड इदी मर्दी हाइड्रोपावरः २ करोड ७० लाख रुपैयाँ
- रिलायबल नेपाल लाइफः २ करोड ६६ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः २ करोड ५३ लाख रुपैयाँ
- सोल्टी होटेलः २ करोड ३० लाख रुपैयाँ
- शिवम सिमेन्टः २ करोड १० लाख रुपैयाँ
- घोराही सिमेन्टः २ करोड ४ लाख रुपैयाँ
- हिमालयन लाइफः १ करोड ९९ लाख रुपैयाँ