Connect IPS
IME Life

नेप्सेमा ७.२९ अंकको गिरावट, १ अर्ब मुनिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ। आज १ अर्ब रुपैयाँ मुनिको कारोबार भएको छ।

नेप्से आज ७.२९ अंकले घटेर १८५१.२३ मा बन्द भएको छ। बजार घट्दा ९४ कम्पनीको शेयरभाउ बढेको छ भने १३६ वटाको घटेको छ। १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ।

Prabhu
Crest

आज नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ९६ करोड ४० लाख १० हजार ४३१.२७ रुपैयाँमा किनबेच भएका छन्। आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ६ करोड ९५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। यस्तै, हाथवे इन्भेस्टमेन्टको पनि ३ कराड १५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

बजार घट्दा पनि थ्रीस्टार हाइड्रोपावर र सबैको लघुवित्तका शेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ। आज माउन्टेन इनर्जी, युनिइटेड इदी मर्दी र एनआरएन इन्फ्रास्ट्रक्चरका शेयरधनीहरुले धेरै गुमाए। यी सबै कम्पनीको शेयरमूल्य १० प्रतिशतको हाराहारीमा घटेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS