काठमाडौं । अर्किड होल्डिङ्सले आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ जारी गर्ने अनुमति मागेको हो।
धितोपत्र बोर्डले अनुमति दिएपछि यो कम्पनीले १ अर्ब १५ करोड रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ मूल्यका कुल १ करोड १५ लाख कित्ता आइपीओ ल्याउनेछ।
अर्किड होल्डिङ्सको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।