Connect IPS
IME Life

बैंकहरुमा ४.३९ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले विभिन्न कोषमा रहेको कुल ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। जसअनुसार केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३ करोड रुपैयाँ र अवकाश कोषअन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

Prabhu
Crest

उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४५ करोड ४५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १५ करोड १५ लाख रुपैयाँ लगानी गरिने जनाएको छ। त्यस्तै, कर्मचारी सुरक्षण कोषमा रहेको रकममध्ये वाणिज्य बैंकहरुमा १ अर्ब ९ करोड ४४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा २० करोड ५२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ६ करोड ८४ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यी दुवै कोषको रकम आउँदो पुस १ गतेदेखि २०८१ पुस १ गतेसम्म ३६६ दिनका लागि लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थालाई यही मंसिर १९ गते बेलुका ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS