Connect IPS
IME Life

तरलता थुप्रिएपछि बैंकिङ प्रणालीबाट आज फेरि रु. १० अर्ब तान्दै राष्ट्र बैंक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज आइतबार फेरि १० अर्ब रुपैयाँ खिच्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट फेरि १० अर्ब रुपैयाँ तान्न लागेको हो। योसहित मंसिर महिनाको अहिलेसम्म चौथोपटक निक्षेप संकलन उपकरण प्रयोग गरी अधिक तरलता व्यवस्थापन गर्न लागेको हो।

Prabhu
Crest

यो निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो २ बजे गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो ७ दिने निक्षेप संकलन उपकरणको आउँदो मंसिर २४ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ।

यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोगरी गत मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS