IME Life
GBIME

नेपालमा मौद्रिक नीतिको कार्यान्वयन नाजुकः आईएमएफ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालमा मौद्रिक नीतिको कार्यान्वयन नाजुक देखिएको निष्कर्ष निकालेको छ।

नेपाललाई दिएको चारवर्षे विस्तारित कर्जा सुविधा (आईसीएफ)को तेस्रो समीक्षा गर्दै आईएमएफले यस्तो निष्कर्ष निकालेको हो। मुद्रास्फीति काबुमा ल्याउन र वित्तीय प्रणालीमा सुधार गर्न मौद्रिक नीति असफल भएको आईएमएफको ठहर छ। ‘मौद्रिक नीतिको कार्यान्वयमा कमजोरी देखिन्छ’, आईएमएफले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मौद्रिक नीतिले मुद्रास्फीति नियन्त्रण गर्न र बाह्य स्थिरता जोगाउन उपयुक्त नीति अवलम्बन गर्नुपर्छ।’

Crest

मुद्रा स्फीति घटिरहे पनि सेप्टेम्बरमा ८.२ प्रतिशतको उच्च स्तरमा रहेकोमा आईएमएफले चिन्ता व्यक्त गरेको छ। ‘आयातीत वस्तुहरुमा निभरुताका कारण बाह्य क्षेत्रका जोखिमहरु हावी छन्’, आईएमएफले भनेको छ।

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को एसिया प्यासिफिक समूहले पहिचान गरेका कमजोरीहरुलाई सम्बोधन गर्न नसके नेपालको वित्तीय प्रणालीमा जोखिम सिर्जना हुन सक्ने आईएमएफले चेतावनी दिएको छ। ‘आन्तरिक राजस्व परिचालन गर्न, सार्वजनिक लगानी व्यवस्थापनलाई सुदृढ पार्न र वित्तीय जोखिमहरुलाई सम्बोधन गर्न र मध्यम अवधिका वित्तीय दिगोपनलाई बलियो बनाउन आवश्यक देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।

आईएमएफले चालु आर्थिक वर्षमा नेपाल आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। ‘जुन सम्भाव्यताभन्दा कम छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको लक्ष्य प्राप्ति आन्तरिक माग, नयाँ जलविद्युत क्षमता र पर्यटटनमा निरन्तर सुधारबाट मात्र सम्भव छ।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS