IME Life
GBIME

अन्तिम दिनसम्म मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा निष्कासनको अन्तिम दिन आज मंसिर १२ गतेसम्म करिब साढे १२ गुणा आवेदन परेको छ।

मुक्तिनाथ कृषि कम्पनीले गत मंसिर ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो। सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा १३ लाख २२ हजार ९५४ आवेदकबाट १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ अर्थात १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन आवेदन मागभन्दा १२.४० गुणाले बढी हो।

Crest

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेपश्चात आजबाट दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

अहिले दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS