काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से २ दशमलव १७ अंकले घटेर १,८९४ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज १०२ कम्पनीको शेयर मुल्य बढेको छ भने १२६ कम्पनीको मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै बुद्धभुमीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । ताराँगाउँ रेजेन्सीका लगानीकर्ताले ८ दशलमव २४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज ५ दशलमव ३३ प्रतिशतका दरले गुमाएका हुन् ।