काठमाडौं । शेयर बजारमा आज सामान्य गिरावट आएको छ। बजार २.१७ अंकले घटेर १८९४.५३ को विन्दुमा बन्द भएको छ। सामान्य घटेको बजारमा आज सवा १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन २९० कम्पनीका शेयर कारोबार भएको छ।
आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ५ वटा जीवन बीमा कम्पनी छन्। सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको आज रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स पनि शीर्ष १० उच्च कारोबार गर्ने कम्पनीहरुमा पर्न सफल भएका छन्।
यस्ता छ शीर्ष १० कम्पनीको कारोबारको अवस्था
- सोनापुर मिनरल्सः ८ कराड ४९ लाख रुपैयाँ
- सोल्टी होटलः ६ करोड ५८ लाख रुपैयाँ
- रिलायबल नेपाल लाइफः ४ करोड ५४ लाख रुपैयाँ
- सिटिजन लाइफः ४ करोड ४६ लाख रुपैयाँ
- ग्लोबल आइएमई बैंकः ३ करोड ५५ लाख रुपैयाँ
- शिवम सिमेन्टः ३ करोड ८ लाख रुपैयाँ
- आइएमई लाइफः ३ करोड २ लाख रुपैयाँ
- ग्लोबल आइएमई बैंकको संस्थापक शेयरः २ करोड ९३ लाख रुपैयाँ
- सन नेपाल लाइफः २ करोड ६८ लाख रुपैयाँ
- हिमालयन लाइफः २ करोड ५५ लाख रुपैयाँ