काठमाडौं । लक्ष्मी लघुवित वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा अपछ कुमार यादव चयन भएका छन् । कम्पनीको मङ्सिर ११ बसेको सञ्चालक समितिको बैठकले रित्त रहेको अध्यक्ष पदमा यादवलाई चयन गरेको हो ।
यसैगरी, सोही बैठकले सुमन प्रसाद गेलाल र ममता पराजुलीलाई सञ्चालक समितिमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालकमा सर्वसाधारणतर्फबाट डा गणेश भट्टराई, सविना उपाध्याय,लक्ष्मी सनराइज बैंकको तर्फबाट अमित शर्मा र स्वतन्त्रतर्फबाट सुरज श्रेष्ठ रहेका छन् ।
1701143670773