GBIME
IME Life

सामाजिक सुरक्षा कोषप्रति विश्वास नहुँदा योगदानलाई निरन्तरता दिने नेपाली श्रमिकको संख्या न्यून

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगारीमा जानु अघि सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य गरिए पनि कोषको कार्यक्रमप्रति श्रमिक आश्वस्त हुन नसक्दा नविकरण दर एकदमै न्यून रहेको छ। सामाजिक सुरक्षा कोषले छैठाै‌ं वर्ष प्रवेशको अवसरमा दिएको जानकारी अनुसार श्रम स्वीकृती लिएर विदेशिने श्रमिकलाई बाध्यकारी प्रावधानमार्फत् आबद्ध गराइए पनि विदेशिए पछि उनीहरु कोषमा योगदानलाई निरन्तरता दिन उदासिन रहेका छन् ।

कोषका अनुसार गत चैत ८ गतेदेखि अनिवार्य आबद्धता लागू गरिएयता गत शुक्रबारसम्ममा वैदेशिक रोजगारीमा गएकामध्ये  ४ लाख ६६ हजार ६२२ श्रमिक कोषमा आबद्ध भएका छन् । यी मध्ये विदेश पुगेर रोजगारी शुरू गरिसकेपछि एकदमै न्यून स‌ंख्यामा मात्र कामदारले कोषमा योगदान रकम जम्मा गरिरहेका छन् । कोषले दिएको जानकारी अनुसार नयाँ जानेहरुभन्दा केही वर्ष अघि देखि नै वैदेशिक रोजगारमा रहेकाहरुले निरन्तर योगदान गर्न रुची देखाएका छन् ।

SKYWELL
Crest

कोषका सहप्रवक्ता रोहित रेग्मीले विदेश पठाउनु अघि म्यानपावर कम्पनीले कोषमा आबद्धताको फारम मात्र भर्ने तर कोषको महत्वबारे नबुझाउने प्रवृत्तीका कारण निरन्तरतामा चुनाैती देखिएको बताएका छन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकले कोष अन्तर्गत सामाजिक सुरक्षावापतको लाभ प्राप्त गर्नका लागि १ वर्षको अवधिमा कम्तीमा ९ महिनासम्म कोषमा योगदान गरेको हुनुपर्छ। योगदानवापतको रकम जम्मा नहुँदै श्रमिकको मृत्यु भएमा कोषबाट आश्रित परिवारले कुनै लाभ पाउन सक्दैनन् ।

कोषले योगदानकर्ताबाट गत असोज मसान्तसम्ममा योगदान रकमवापत कूल ४२ अर्ब ९९ करोड रुपैयाँ स‌ंकलन गरेको छ। यो मध्ये ७७ करोड ६७ लाख रुपैयाँ वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकबाट बाध्यकारी योगदान कार्यक्रममार्फत् स‌ंकलन गरिएको छ। वैदेशिक रोजगारमा रहेका नेपालीका लागी यो कार्यक्रम लागू गरिएको छोटो समयमै योगदानवापतको ठूलो रकम कोषले स‌ंकलन गर्न सफल भएको छ।

सरकारले गत चैत्र ८ गतेदेखि श्रम स्वीकृती लिएर वैदेशिक रोजगारी जाने नेपाली श्रमिकलाई कोषमा अनिवार्य योगदान दिनुपर्ने बाध्यात्मक प्रावधान लागू गरेको छ। यो बाध्यकारी प्रावधानका कारण विदेश प्रस्थान गर्नु अघि योगदान गरेपनि विदेशिएपछि योगदान गर्न चासो नलिएका श्रमिकको स‌ंख्या उच्च रहेको छ।

तीन महिनामा १ अर्ब दाबी भुक्तानीः

सामाजिक सुरक्षा कोषले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा योगदानकर्तालाई १ अर्ब १० करोड ४८ लाख दाबी भुक्तानी गरेको छ। कोषमा आबद्ध कामदार तथा कर्मचारीलाई कोषले स्वास्थ्य उपचार,  दुर्घटना तथा अशक्तता,आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत यो रकम भुक्तानी गरेको हो ।

कोषका अनुसार चालू आवमा असोज मसान्तसम्ममा योगदानकर्तालाई स्वास्थ्य उपचारका लागि १२ करोड १२ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुविधावापत १ करोड २२ लाख आश्रित परिवार सुरक्षा योजनामा १ करोड २१ लाख रुपैयाँ भुक्तानी गरिएको छ। यसैगरी वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत सर्वाधिक ९५ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरिएको कोषले जानकारी दिएको छ। स्वास्थ्य उपचार सुविधाबाट तीन महिनाको अवधिमा कूल ८ लाख ५० हजार योगदानकर्तामध्ये ३७ हजार ५६५ जनाले स्वास्थ्य उपचार सुविधा उपभोग गरेका छन् । यो स‌ंख्या कुल योगदानकर्ताको स‌ंख्याको तुलनामा जम्मा ४‍.४१ प्रतिशत हो ।

कोषले योगदानकर्ताको स्वास्थ्य उपचार वापतको रकम सम्बन्धित अस्पताललाई नै सोधभर्ना दि‌ंदै आएको छ। यसबाहेक र पेन्सन, प्रसुती,बिदा, शिशु स्याहारलगायतका सुविधावापतको रकम सिधै सम्बन्धित योगदानकर्ता वा लाभग्राहीको बै‌ंक खातामार्फत् नै भुक्तानी गर्छ।

५४ करोड रुपैयाँ सापटीः

सामाजिक सुरक्षा कोषमा योगदान दिएका योगदानकर्ताले तीन महिनाको अवधिमा कोषबाट विभिन्न सापटी सुविधा अन्तर्गत ५४ करोड ३१ लाख रुपैयाँ दाबी भुक्तानी लिएका छन् । कोषका अनुसार योगदानकर्ताले सबैभन्दा बढी ५३ करोड १७ लाख रुपैयाँ विशेष सापटी सुविधावापत कर्जा लिएका छन् । यसबाहेक ६७ लाख ९४ हजार र  शैक्षिक सापटीवापत १८ लाख रुपैयाँ कर्जा वितरण गरिएको छ।

कोषको स्थापना भएयता चालू आव २०८०।८१ को असोज मसान्तसम्ममा योगदानकर्तालाई कोषले १ अर्ब ६५ करोड २३ लाख रुपैयाँ सापटी दिएको छ। यो मध्ये ९८ प्रतिशत रकम विशेष सापटी सुविधावापत नै योगदानकर्ताले कर्जा उपभोग गरेका छन् । योगदानकर्ताले १ अर्ब २२ करोड रुपैयाँ विशेष सापटीमार्फत् कर्जा उपभोग गरेको कोषले जानकारी दिएका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS