काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अंकले घटेर १,८९६ दशलमव ६७ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफको ७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको ५ करोड २६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।