Connect IPS
IME Life

लाभांश पारित गर्न एनआईसी एसिया लघुवित्तले पुस ६ मा डाक्यो वार्षिक साधारणसभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले छैटौँ वार्षिक साधारणसभा बोलाएको छ।

संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सुनसरीको धरानस्थित गोर्खा होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। उक्त आर्थिक वर्षका लागि संस्थाले चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने २६ करोड ९ लाख १६ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव संस्थाले गरेको छ।

सभाले संस्थापक समूहबाट १ जना सञ्चालक निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक साधारणसभा र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभालाई ध्यानमा राखेर संस्थाले मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS