Connect IPS
IME Life

चार महिनामा भित्रिए पौने ७ अर्ब रुपैयाँ बढीको विद्युतीय गाडी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म पौने ७ अर्ब रुपैयाँ बढीको विद्युतीय गाडी भित्रिएका छन्।

भन्सार विभागका अनुसार यो ४ महिनाको अवधिमा ६ अर्ब ८३ करोड २७ लाख ५१ हजार रुपैयाँबराबरको २ हजार ७८७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको हो। विद्युतीय गाडी आयातबाट सरकारले २ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांकले देखाउँछ।

Prabhu
Crest

कात्तिकसम्म २ अर्ब ३९ करोड ४२ लाख रुपैयाँको १ हजार २७९ वटा ५० किलोवाटसम्मको गाडी, ४ अर्ब ३० करोड ३२ लाख रुपैयाँको १ हजार ४८१ वटा ५० किलोवाटदेखि १०० किलोवाटसम्मको गाडी आयात भएका छन्।

यसैगरी पछिल्लो ४ महिनामा १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ६ करोड ६५ लाख रुपैयाँको १७ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको ६ करोड ८७ लाख रुपैयाँको १० वटा विद्युतीय गाडी आयात भएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS