Connect IPS
IME Life

भारततर्फ ४ महिनामा साढे १२ अर्बको विद्युत निर्यात

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको चौथो महिना कात्तिकसम्म नेपालबाट भारततर्फ साढे १२ अर्ब रुपैयाँको विद्युत निर्यात भएको छ।

नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ कमाएको हो।

Prabhu
Crest

गत आर्थिक वर्षको कात्तिकसम्म प्राधिकरणले ९८ करोड ३८ लाख युनिट विद्युत निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो । यो हिसाबले समीक्षा अवधिमा प्राधिकरणले अघिल्लो वर्षको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ बढीको विद्युत भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणको तथ्यांकअनुसार गत साउनमा प्राधिकरण प्रतियुनिट औसत ८.३९ रुपैयाँमा, भदौमा ११.२४ रुपैयाँमा, असोजमा ९.७३ रुपैयाँ र कात्तिकमा ७.३६ रुपैयाँमा विद्युत निर्यात गरेको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचेको विद्युत गत जेठ अन्तिम साताबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS