काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले मंसिर ६ गते शेयर बाँडफाँड गरेको हो।
कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ५ लाख ६३ हजार २ सय ६१ कित्ता शेयर लिलाम गरेको थियो । उक्त लिलामीको शेयरको कट अफ मूल्य १४२ रुपैयाँ ६० पैसा कायम भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । १४२ रुपैयाँ ६० पैसा भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४२ रुपैयाँ ६० पैसामा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
शेयर नपरेका आवेदकलाई कम्पनीले आज मंसिर ७ गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ । आवेदन फारममा उल्लेख गरिएको खातामा आईपीएस मार्फत रकम ट्रान्सफर गरिने क्यापिटलले उल्लेख गरेको छ। पैसा फिर्ता आए नआएको यकिन गर्न र नआएको खण्डमा क्यापिटलमा सम्पर्क गर्न पनि क्यापिटलले आग्रह गरेको छ ।
कम्पनीले कार्तिक १ देखि कार्तिक १५ गतेसम्म शेयर लिलाम गरेको थियो। कम्पनीले १ कित्ता शेयर बराबर ०.५ कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा हकप्रद शेयर निकाष्शनको गरेको थियो ।