IME Life
GBIME

नेप्सेमा २० अंकको बृद्धि हुँदा १९५ कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो दोहोरो अंकले घटेको शेयर कजार आज भने दोहोरो अंकले नै बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ६७ प्रतिशतले बढेर १,८५० दशलमव ३३ को विन्दुमा कायम भएको छ । आज १९५ कम्पनकिो शेयर मुल्य बढेको छ भने ४० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । आज दिनभरिमा २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भउको छ । आज यस कम्पनीको १० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

त्यस्तै, प्राइम कमर्सियल बैंकको १० करोड २० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । मुक्तिनाथ विकास बैंकको ५ करोड २२ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिटिलरीको ४ करोडमाथि शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमी नेपालका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै यसपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS