काठमाडौं । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा मसिंर २७ गते बुधबार हुने भएको छ । कम्पनीको कात्तिक २१ गते बसेको २० औं सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा अपरान्ह ४ बजेदेखि सुरु गर्ने जनाइएको छ । सभा अकामा होटल धुमबाराही, काठमडौंमा हुनेछ ।
कम्पनीले अनलाइन माध्यमबाट समेत सभामा भाग लिन सकिने व्यवस्था गरिएको जनाएको छ । उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा (२) र नियमावलीको दफा (२) मा कम्पनीले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७९/०८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन तथा नियुक्ती सहित २०८० असार मसान्तको वासलात थता आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्बन्धित वित्तीय विवरणहरु पारित गर्नेछ ।