काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले ३०औं वार्षिक साधारण सभा मंसिर २६ गते गर्ने भएको छ । सभा काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा दिउँसो ४ः३० बजे शुरु गर्ने कम्पनीले जनाएको छ । सभाले प्रतिकित्ता १ हजार ५८० रुपैयाँ दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १२ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मंसिर ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।