Connect IPS
IME Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अधिकांश सूचकमा आकर्षक प्रगति, खुद बीमा शुल्क आर्जन ६९ करोड २७ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा आकर्षक प्रगति झल्किएको छ ।

२ अर्ब ६२ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा ५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९२ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीकोे महाविपत्ती कोषमा १८ करोड ७४ लाख ६ हजार रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा ३८ करोड १७ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष ५ अर्ब ८९ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार बृद्धि भई ६ अर्ब ६३ करोड रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७८ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ६२ करोड ४९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४२ करोड ४३ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीले ६९ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९१ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १ करोड रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९१ लाख ४३ हजार रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ७० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २२९ रुपैयाँ ६० पैसा रहेको छ । सोल्भेन्सी रेसियो ४.०१ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS