Connect IPS
IME Life

प्रथम त्रैमासमा नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ८% ले बढ्यो, जीवन बीमा कोष १ खर्ब ७५ अर्ब नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

८ अर्ब २० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीकोे शेयर प्रिमियम वापत ४ करोड ३८ लाख रुपैयाँ उठाएको छ । कम्पनीको महाविपत्ती कोषमा १ अर्ब २ करोड १५ लाख रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा ७९ करोड ३३ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष १ खर्ब ६५ अर्ब ५१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार बृद्धि भई १ खर्ब ७५ अर्ब २१ करोड रहेको छ ।

Prabhu
Crest

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा १५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले १० अर्ब ९२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ५ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १० करोड ४१ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ११ करोड ७ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीले १० अर्ब ८२ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ८१ करोड ८८ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनील ८३ करोड १५ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२४ रुपैयाँ ७२ पैसा रहेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । १५ करोड ६ लाख सिंङगल प्रिमियम संकलन गरेको छ भने ९ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS