IME Life
GBIME

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अधिकांश सूचकमा प्रगति, खुद बीमा शुल्क आर्जन १७७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।

१ अर्ब ८० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीकोे शेयर प्रिमियम वापत ४७ करोड ५९ लाख रुपैयाँ उठाएको छ । कम्पनीको महाविपत्ती कोषमा १६ करोड ४९ लाख रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा ५६ करोड २५ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष ५ अर्ब ४४ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार बृद्धि भई ५ अर्ब ८७ करोड रहेको छ ।

Crest

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७६ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ६२ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २८ करोड ७२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २१ करोड ८६ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीले ३४ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १७७ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ७८ लाख १५ रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनील ४१ लाख ६७ हजार रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ९६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २६१ रुपैयाँ ३९ पैसा रहेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS