Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क १५%ले बढ्दा नाफा १३५% ले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।

१ अर्ब ४९ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीकोे महाविपत्ती कोषमा ७ करोड रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा २३ करोड ६२ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष २ अर्ब ३७ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार गिरावट भई २ अर्ब २१ करोड रहेको छ ।

Prabhu
Crest

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा १४ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १३५ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ३४ करोड २० लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २० करोड ५२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २२ करोड १५ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीले १३ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १५ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ४० लाख ८९ रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनील ३६ लाख १४ हजार रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३९ रुपैयाँ १२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २०२ रुपैयाँ ६१ पैसा रहेको छ । सोल्भेन्सी रेसियो ३.९६ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS