IME Life
Beema Board

बलियो हुँदै सूर्यज्योति लाइफः खुद बीमा शुल्क ७६%ले बढ्दा जीवन बीमा कोष २९ अर्ब ५० करोड पुग्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा राम्रो ग्रोथ देखिएको छ ।  नेपाल बीमा प्राधिकरणले दिएकाे चुक्ता पूँजी वृद्धिकाे निर्देशन पालन गर्न आपसमा गाभिएर सूर्य लाइफ र ज्याेती लाइफबाट सूर्यज्याेती लाइफमा रुपान्तरण भएपछि बीमा काराेबारमा सकारात्मक परिणाम देखिएकाे छ।

४ अर्ब ५४ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा १३ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६३ रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २६३ प्रतिशतले बढेको हो । जीवन बीमा कम्पनीको हकमा एक्चुअरी भ्यालुएशनपछि कम्पनीको मुनाफामा सामान्य थपघट हुन सक्छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमिय मार्फत ३ करोड ७२ लाख रुपैयाँ उठाएको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा १ अर्ब ३० करोड ८३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष २७ अर्ब ४४ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भई २९ अर्ब ५० करोड पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब ३० करोड ४५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७ करोड ६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २६ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७६ प्रतिशतले बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड २७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा धेरै रकम खर्चिएको छ ।

कम्पनीले समिक्षा अवधिसम्ममा ३९ करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुलक आर्जन गरेको छ । कम्पनीले ११ करोड ४४ लाख रुपैयाँ सिंगल प्रिमियम संकलन गरेको छ । कम्पनीले १ अर्ब ७९ करोड १४ लाख रुपैयाँ नविकरण मार्फत आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ८० पैसा रहेको छ । सोल्भेन्सी रेसियो २.६४ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS