काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले जाजरकोट भुकम्प पीडितको लागि राहत वितरण गरेको छ। कम्पनीले ३५ लाख बराबरको १,८७८ त्रिपालहरु र २,००० कम्बलहरू सहित राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।
कम्पनीका अनुसार १,८७८ थान त्रिपाल रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय, मुसिकोटमा पुगिसकेको छ भने कम्बलहरू पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालय पुग्ने क्रममा रहेको छ ।
भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको र पुनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्ने कम्पनीले बताएको छ ।