Connect IPS
IME Life

धौलागिरी लघुवित्तको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई स्पष्टीकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज लाभांश घोषणा गरेको कम्पनीलाई स्पष्टीकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट लाभांश घोषणा गर्ने निर्णय कात्तिक २२ गते गरेकोमा उक्त निर्णय नेप्सेलाई कात्तिक २३ गते बेलुका ६ः४५ बजे पठाएको थियो । धितोपत्र सूचिकरण नियमावली अनुसार धितोपत्र मुल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धीत सूचिकरण संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकाले उक्त नियमावली व्यवस्था पालनमा नगरेको भन्दै नेप्सेले कम्पनीलाई ३ दिन भित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

कम्पनीको सञ्चालक समितिको गत कात्तिक २२ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूजी १३ करोड ३१ लाख रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ करोड ९९ लाख ६५ हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

1699595240642 (1)

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS