Connect IPS
IME Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा १८ प्रतिशतले बढ्यो, बीमा कोषमा ४ अर्ब ४३ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/ ८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । २ अर्ब ३० करोड १५ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा ५ करोड ३४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ५३ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १८ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा १ अर्ब ६२ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/ ८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष ४ अर्ब ६ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा बीमा कोषको आकार बृद्धि भई ४ अर्ब ४३ करोड पुगेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ५४ करोड ७ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन घटेको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३४ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ९९ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा १९ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ करोड ३० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड २१ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८७ रुपैयाँ २५ पैसा रहेको छ । सोल्भेन्सी रेसियो ४.१४ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS