GBIME
IME Life

तिहारमा डिजिटल कारोबार गर्दा ग्लोबल आइएमई बैंकका ग्राहकले क्यासब्याक पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकले नेपालभरका पस (पीओएस) मेसिनमा रु १ हजार वा सोभन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा रु ३०० अथवा ५ वटा कारोबारमा रु ५०० क्यासब्याक पाउनेछन्। पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि कात्तिक २५ गते काग तिहारदेखि कात्तिक २९ गते भाइटीकासम्म रहेको छ।

त्यसैगरी बैंकको मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकले कात्तिक २५ गते काग तिहारदेखि कात्तिक २९ गते भाइटीकासम्म बेलुका ५ बजेदेखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “Tihar” लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा रु ३०० सम्म क्यासब्याक पाउनेछन्।आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ।

SKYWELL
Crest

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS