Connect IPS
IME Life

लाभांश पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० दशमलव ५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँ बराबरको नगद लाभांश छ ।

Prabhu
Crest

बोनश शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । यस बैंक र अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले मङसिर ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म कायम शेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS