Connect IPS
IME Life

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीले होटल क्राउन हिमालयजमा विशेष छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयबजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौतासँगै अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १० प्रतिशत छुट पाउनेछन् । रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा कर्मचारीहरु लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विश्वास गरे ।

Prabhu
Crest

सम्झौता कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम, पोखरा शाखाका शाखा प्रमुख उज्वलराज शर्मा लगायतको उपस्थिति थियो ।
होटल क्राउन हिमालयज पोखरा क्षेत्रको सुविधा सम्पन्न होटलहरु मध्यमा पर्न सफल छ । होटलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आफूहरुले स्तरीय सेवा प्रदान गरिरहेको सञ्चालक अर्यालले जानकारी दिए । होटलमा सिङ्गल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्स गरी ३८ वटा रुम छन् ।

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS