GBIME
IME Life

समृद्धि फाइनान्सद्वारा काठमाडौंमा साइकल र्‍याली सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । “जिवनको लागि स्वास्थ्य” भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विहिवार साइकल र्याली गरेको छ । शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्ड बाट सुरु भएको र्याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदैं पुन शुरु भएको स्थानमा आएर समाप्त भएको थियो । सो र्‍यालीमा समृद्धि फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, संचालक विनोद कुमार सुवेदि, संचालक जे.वि. हमाल, सि.ई.ओ. टिका निधी लोहनी साथै फाइनान्सका १९ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

समृद्धि फाइनान्स कम्पनीले यहि कार्तिक २५ गते २२ औं वार्षिकोत्सव मनाउँदै छ । यस वार्षिकोत्सवको उपलक्ष्यमा समृद्धि फाइनान्सले कार्तिक १९ गते देखि २५ गते सम्म वार्षिकउत्सव सप्ताह मनाउदै विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ । कार्तिक १९ गते पुतलीसडक शाखा र कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई तथा डस्बिन वितरण कार्यक्रम गरिसकेको छ । साथै भोली प्रधान कार्यालय लगायत सम्पुर्ण शाखाहरुबाट केक काटी आफ्ना ग्राहकहरुका साथ २२ औं वर्षमा प्रवेश भएको उत्सव मनाउँदै छ ।

SKYWELL
Crest

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS