Connect IPS
IME Life

बीमा प्राधिकरणले यसरी मनायो पहिलो वार्षिकोत्सव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पहिलो वार्षिकोत्सव मनाएको छ। प्राधिकरण कर्मचारीले कार्यालय परिसरमा केक काटेर खुशियाली साटेका हुन् । बीमा ऐन २०७९ लागू भएपछि २०७९ कात्तिक २२ गतेदेखि साबिकको बीमा समितिलाई नेपाल बीमा प्राधिकरणमा रुपान्तरण गरिएको थियो ।

बीमा ऐन २०७९ कात्तिक २२ गतेदेखि कार्यान्वयनमा आएसँगै बीमा ऐन २०४९ खारेजी भएको थियो ।

Prabhu
Crest

प्राधिकरणका निर्देशक दिनेश लाल कर्णको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा कर्मचारीहरुले खुशियाली साट्दै शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णले प्राधिकरणमा रुपान्तरण भएपछि बीमा नियामकीय भूमिकाको बिस्तारसँगै बीमा बजारको विकास र बिस्तार गर्नका लागी प्राधिकरणले काम शुरु गरिसकेको बताए । उनले भने, नियामकीय भूमिकामा प्राधिकरणले अझै धेरै काम गर्न बाँकी छ,आगामी दिनमा यसलाई चुस्तदुरुस्त बनाउनुपर्नेछ चुनाैती छ। उनले ऐनको मस्याैदा तयार गर्ने क्रममा निर्देशक सुशिल सुवेदी र सञ्चालकले गरेको योगदानको प्रश‌ंसा गर्दै ऐन जारी गराउनका लागी अध्यक्ष सूर्य प्रसाद सिलवालको भूमिका अविस्मरणीय रहेको बताए ।

कार्यक्रममा निर्देशकद्वय पूजन ढुंगेल, सुशिल देव सुवेदीका साथै विभिन्न शाखाका प्रमुख तथा सहायक कर्मचारीहरूको उपस्थिति रहेको थियो । प्राधिकरणका अध्यक्ष सिलवाल, कार्यकारी निर्देशक राजु रमण पाैडेल विदेश भ्रमणमा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS