GBIME
IME Life

कामना सेवाको १७औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर र वाकाथन कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

मनकामना अस्पताल, भरतपुरको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा १८५ जना व्यक्तिहरुले स्वास्थ्य परिक्षण गरेका छन् । अस्पतालका वरिष्ठ फिजिसियन उत्सव अधिकारी समेतको स्वास्थ्य टोलीले उक्त कार्यक्रममा स्वास्थ्य परिक्षण गरेको बैंकले जनाएको छ ।

SKYWELL
Crest

बैंकको वार्षिकोत्सवका कार्यक्रमहरु अन्तर्गत बैंकको केन्द्रीय कार्यालयमा कर्मचारीहरुको वाकाथन कार्यक्रम सम्पन्न गरेको छ । उक्त वाकाथन कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर देखी मैतीदेवी मन्दीर, डिल्लीबजार, पुतलीसडक, हात्तीसार, नक्साल, नारायणचौर, नक्साल भगवती मन्दीर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालय सम्म भएको थियो । उक्त कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागिय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको वाक्लो उपस्थिती रहेको थियो ।

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS