काठमाडौं । आज पनि शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशलमव १७ अंकले बढेर १,८६३ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मुल्य बढेको छ भने ९३ कम्पनीको शेयर मूल्य घटेको छ । आज विकास बैंक, निर्जीवन बीमा उपसूचक, होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट उपसूचक घटेका छन् ।
आज ७८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन बैंकको ५ करोड २३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ६० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।