IME Life
GBIME

नेप्सेमा ५ अंकको बृद्धि हुँदा कारोबार रकम ७८ करोड २७ लाखमा सिमित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज पनि शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशलमव १७ अंकले बढेर १,८६३ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मुल्य बढेको छ भने ९३ कम्पनीको शेयर मूल्य घटेको छ । आज विकास बैंक, निर्जीवन बीमा उपसूचक, होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट उपसूचक घटेका छन् ।

आज दिनभरिमा २८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ७८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन बैंकको ५ करोड २३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ६० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ०७ प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । एसबिआई बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ३८ प्रतिशतका दरले गुमाएका हुन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS