Connect IPS
IME Life

एशियन लाइफले संस्थापक शेयरधनीहरुलाई जारी गर्यो यस्तो सूचना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने भएको छ। कम्पनी आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्न संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न लागेको बताएको छ ।

हाल कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ। यसलाई परिमार्जन गरी अब कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न लागेको बताएको छ ।

Prabhu
Crest

शेयर स्वामित्व परिमार्जनसम्बन्धी विशेष प्रस्ताव कम्पनीको १४औँ वार्षिक साधारणसभा मार्फत पारित भइसकेको जनाएको छ । साथै, नेपाल बीमा प्राधिकरणले पनि स्वीकृति दिइसकेको छ । संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न ईच्छुक नभएका शेयरधनीहरुलाई कम्पनीले ७ दिन भित्र लिखित जानकारी गराउन आग्रह गरेको छ।

कम्पनीले तोकिएको अवधिभित्र शेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS