काठमाडौं । नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले चाडपर्वको अवसरमा डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागि विभिन्न प्रकारका छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।
कम्पनीले यस्ता खाताहरुको सहज पहुँच र सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजीबजारमा सहभागिताका साथै धितोपत्र निष्काशनमा कम्पनीको पूँजी सुनिश्चितता लागि सहयोग हुने बताएको छ ।जसअनुसार डिम्याट खाता निःशुल्क खोलिने छ भने एक वर्षसम्मको डिम्याट तथा मेरो शेयरको नविकरण गर्दा ५० प्रतिशत छुट पाइनेछ ।
त्यस्तै, निःशुल्क डिम्याट खाताका साथै ५ वर्षसम्म डिम्याट तथा मेरो शेयरको नविकरणमा ३७.६३ प्रतिशत छुट दिने बताएको छ । परिवार योजना अन्तरगत ३ जनाको डिम्याट तथा मेरो सेयर खोल्दा र नविकरणमा, १ जनाको निःशुल्क हुने छ भने ३३.३३ प्रतिशत छुट दिइने छ।
त्यस्तै, निःशुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो शेयरको नविकरणमा ३५.५५ प्रतिशत छुट दिइने छ। त्यसैगरी, निःशुल्क डिम्याट खाता खोली आजिवन नविकरण गरेमा ८०.१४ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।