Connect IPS
IME Life

उद्यमी व्यवसायीहरुलाई एशिया प्रसान्त क्षेत्रको लगानी ल्याउन राष्ट्रपतिको आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७ औं सम्मेलनमा दिगो उद्यमशीलता र व्यापारमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रम र समुदघाटन पछि सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यको रूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र संजाल निर्माणमा सम्मेलन कोशेढुंगा हुने बताएका छन् । एशिया प्रसान्त क्षेत्रका देशहरूसँग बलियो सम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने पनि उनको भनाई छ । यस युगका चुनौतीको सम्बोधन र अवसरहरूको सदुपयोग गर्न यो सम्मेलन समय सापेक्ष र सान्दर्भिक रहेको बिचार उनको थियो ।

विश्व व्यापार परिदृश्यमा पङ्क्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया–प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघहरुको भूमिका निर्णायक हुने बताए । एशिया–प्रशान्त द्रुत रूपमा विस्तार भैरहेको आर्थिक क्षेत्र भएको पनि उनले बताए । साथै राष्टपति पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेकाले सम्मेलनमा सहभागि उद्यमी व्यवसायीहरुलाई एसिया प्रसान्त क्षेत्रको लगानी ल्याउन आग्रह पनि गरे । क्यासी एसिया प्रसान्त क्षेत्रका २६ देशका उद्योग वाणिज्य संघहरु सदस्य रहेको संस्था हो । काठमाडौंमा जारि सम्मेलनमा करिब ६० विदेशी उद्यमी व्यवसायीहरुको सहभागिता छ ।

Prabhu
Crest

कार्यक्रमका मुख्य वक्ता पूर्व प्रधानमन्त्री डा. बाबुुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सवल पक्ष रहेको भन्दै्र खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए । यूवा जनसंख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासी जस्ता मन्चहरुमार्फत लगानी, प्रविधि र विकासका अनुुभव ल्याउन हाम्रो प्रयास हुनु पर्ने धारणा उनको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेको अवसरलाई सदुुपयोग गर्न सम्मेलनका सहभागीहरुलाई आग्रह गरे । नेपालमा नविकरणीय उर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासी जस्ता संस्थाहरुको अर्थपूर्ण सहयोग नेपालले खोजेको बताए ।

समुद्घाटन कार्यक्रममा धन्यवाद मन्तव्य दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सम्मेलनले एकता, सहयोग र समृद्ध भविष्यको लागि साझा दृष्टिकोण तय गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले दिने निश्कर्ष नेपाल लगायत एशिया प्रशान्त क्षेत्रकै समृद्धिको लागि महत्वपूर्ण हुने दावी गरे ।

परिसंघ, एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ÷संघहरुको छाता संस्था हो । सम्मेलन भोली सम्म चल्ने छ । सम्मेलनको मुख्य थिम “चेम्वर्स अफ कमर्स हेल्पिङ विजनेश गेट सेट फर द फयूचर” रहेको छ । सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना भएको हो ।

विश्व आर्थिक मन्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६ औं सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो । यस सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यसायिक नेताहरु र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरु, सरकारी प्रतिनिधिहरु समेत गरी करिव २ सय भन्दा बढीको सहभागिता रहेको छ ।

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय संजाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपर्ण विषयहरुमा दुुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरुले बिचार विमर्श गर्ने छन् ।

निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य हो । सन् १९६६ मा स्थापना भएको क्यासी एसिया–प्रशान्त क्षेत्रभित्रका व्यवसायिक संस्थाहरूलाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रहरू बीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवद्र्धनमा एक सक्रिय साझा मञ्चकोे रूपमा कार्य गर्दै आएको छ ।

यसको बलियो संजाल र सशक्त पहलहरू मार्फत उद्यमशीलता, दिगो विकास र सीमापार व्यापार सहजीकरणलाई समर्थन गर्ने नीतिहरूको पैरवीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । संस्थाले नियमित सम्मेलनहरू, सेमिनारहरू र व्यापार फोरमहरू आयोजना गरी सदस्यहरूलाई छलफलमा संलग्न हुन, विचार आदानप्रदान गर्न, र साझेदारी र लगानीका अवसरहरूको अनुसन्धान गर्न साझा प्लेटफर्म समेत प्रदान गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS