Connect IPS
IME Life

भूकम्पबाट कर्णालीका दुई जिल्लामा ३ हजारभन्दा बढी घर भत्किए, रुकुम पश्चिममा धेरै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विनाशकारी भूकम्पका कारण कर्णाली प्रदेशको दुई जिल्लामा  ३ हजार ४१ घर पूर्ण क्षतिग्रस्त भएका छन् । स्थानीय प्रशासनका अनुसार जाजरकोट र पश्चिम रुकुममध्ये सबैभन्दा बढी भाैतिक क्षति रुकुम पश्चिममा भएको छ।

रुकुम पश्चिममा शुक्रबारको ६ ४ रेक्टर स्केल क्षमताको भूकम्पले २ हजार १३६ घर पूर्ण क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार २ हजार ६४२ घरमा आंशिक र ४ हजार ६७० सामान्य क्षति पुगेको छ । यसैगरी जाजरकोट जिल्ला प्रशासन कार्यालयका अनुसार जाजरकोटमा जिल्लामा भूकम्पबाट ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ । यीमध्ये ९ सय ५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । अधिका‌ंश घरहरू कच्ची माटो, इँट्टा, ढुंगा र काठको प्रयोग गरी बनाइएका कमजोर स‌ंरचना भएका घरहरू भएकाले भूकम्पबाट ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

Prabhu
Crest

भूकम्पबाट दुई जिल्लामा १५७ जनाको ज्यान गएको छ। यीमध्ये जाजरकोटमा सर्वाधिक १०५ जना रहेका छन् । दुई सयभन्दा बढी घाइते छन् । भग्नावशेषमा अझै पनि मानिसहरु दबिएको हुनसक्ने आश‌ंकामा उद्धारको प्रयास जारी रहेको छ। भूकम्पबाट भएको मानवीय र भाैतिक क्षति सम्बन्धी विवरण स‌ंकलनको कार्य अझै जारी रहेको स्थानीय प्रशासनले जानकारी दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS