Connect IPS
IME Life

कामना सेवा विकास बैंकले वार्षिकोत्सवको अवसरमा हस्तान्तरण गर्यो ट्राफिक सचेतना बोर्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । बुटवल,भैरहवा सुनौली सडकखण्डका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवाका प्रहरी निरिक्षक बजिर सिंह विष्टले बताए ।

बैंकका संचालक भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रिय प्रमुख खिमलाल भुषाल लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो । त्यस्तै गरि बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कार्यालय, वालिङलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ ।

Prabhu
Crest

स्याङ्गजा जिल्ला, वालिङ क्षेत्रका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने बैंकले जनाएको छ । बैंकका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णु प्रसाद गौतमले उक्त बोर्डहरु ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरगरेका थिए । बैंकको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वुटवल हिलपार्क स्थित कामना सेवा पार्कमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्धेश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रवद्र्धन गर्दै आएको छ । उक्त सरसफाई कार्यक्रममा बुटवल क्षेत्रका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS